कास्की जिल्लाको पोखरा महानगरपालिकालाई कार्यक्षेत्र बनाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ४ वटा सम्भागहरु मध्ये चौथो सम्भागका रुपमा रहेका बृहत व्यवसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपरजोन) विकास कार्यक्रम आ.व. २०७३/०७४ देखि संचालनमा आईरहेको छ कास्कीमा तरकारी सुपरजोन कार्यक्रम संचालन गर्ने निर्णय भएअनुसार यसको कार्यक्षेत्र पोखरा महानगरपालिकाको ३३ वटै वडाहरु र रुपा गाउँपालिका वडा नम्बर ५,६ र ७ ,मादी गाउँपालिका वडा नम्बर ५,७ र १२ ;अन्नपूर्ण गाउँपालिका वडा नम्बर १,२,३ र ६ ,माछापुच्छ्रे गाउँपालिका २,३ र ४  समावेश गरी कार्यक्षेत्र कायम गरिएको छ।त्यसै गरी आ.व.२०७८/७९ देखि पो...पा.-१६,१९,अन्नपूर्ण गा.पा.-,,,,१०,११, माछापुच्छ्रे गा.पा.- ,,,,, मादी गा.पा.-,,,,१०,११ समाबेश गरी अलैची जोन कार्यक्रम संचालनमा आइरहेको छ ।

राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भाव्यताको आधारमा तोकिएको पूर्वाधार भएको र तोकिएको बाली बस्तुमा न्युनतम १००० हेक्टर क्षेत्रफल भएको क्षेत्रलाई बृहत व्यवसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपरजोन) विकास कार्यक्रमको रुपमा विकास गर्न कास्की जिल्लालाई तरकारी बाली तोकी तरकारीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै आत्मनिर्भर कृषि अर्थतन्त्रको आधारशिला निर्माण गर्नु रहेकोमा हालसम्ममा यस परियोजनाको तरकारी तर्फ ११०६.४ र अलैची तर्फ ५००  हेक्टर कार्यक्षेत्र रहेको छ ।

तरकारी सुपर-जोनको कार्यक्षेत्र