जम्मा समाचार: 2

गण्डकी प्रदेश स्तरीय तेश्रो त्रैमासिक अवधिको प्रगति समिक्षा तथा आगामी आगामी आ.व.२०८०/८१ को योजना तर्जुमा गोष्ठी सम्पन्न

 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजना परियोजना कार्यान्वयन एकाइ स्याङ्जाको समन्वयमा गण्डकी प्रदेश स्तरीय तेश्रो त्रैमासिक अवधिको प्रगति समिक्षा तथा आगामी आगामी ..२०८०/८१ को योजना तर्जुमा गोष्ठी मितिः २०८०।०१।१५ १६ गते सिरुवारी होमस्टे, आँधीखोला गाउँपालिका , सिरुबारी स्याङ्जामा सम्पन्न्न भएको गोष्ठीको प्रमुख अतिथि जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी ,विशेष अतिथी आँधीखोला गाउँपालिकाका अध्यक्ष श्री विश्वनाथ पौडेल कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक श्री बाशुदेव रेग्मी रहनुभएको थियो ।कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ,खुमलटारका वरिष्ठ योजना अधिकृत श्री महानन्द जोशी ,कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमाल ,माटो तथा मल परीक्षण प्रयोगशाला पोखराका प्रमुख सुनिल पाण्डे ,परियोजना कार्यान्वयन एकाइ पाल्पाका वरिस्ठ कृषि अधिकृत दिपक भट्टराई ,परियोजना ब्यबस्थापन एकाइ खुमलटार का योजना अधिकृत माधब पौडेल ,बिउ बिजन प्रयोगशाला पोखराका प्रमुख अमृत रेग्मी ,कृषि अनुसन्धान निर्देशनालय लुम्लेका बैज्ञानिक श्यामप्रसाद पौडेल ,पशु प्रजनन कार्यालय पोखरा का पशु विकास अधिकृत डा.अपार पौडेल ,सुन्तला सुपर-जोन संचालन समन्वय समिति स्याङ्जाका संयोजक तारा प्रसाद अर्याल ,पोखरा महानगरपालिका कृषि अधिकृत ज्ञानु आचार्य ,पुतलीबजार नगरपालिका प्राबिधिक सहायक सुबाश ढकाल सातै वटा परियोजना कार्यान्वयन एकाइका प्रमुख लगायत सहित ५५ जनाको सहभागिता रहेको थियो ।कार्यक्रमको अध्यक्षता परियोजना कार्यान्वयन कास्कीका प्रमुख श्री रोशन अधिकारी स्वागत मन्तव्य परियोजना कार्यान्वयन एकाइ स्याङ्जाका प्रमुख श्री माधव प्रसाद लम्सालले राख्नुभएको थियो

मितिः २०८०।०१। १६ गते सिरुवारी होमस्टे, आँधीखोला गाउँपालिका , सिरुबारी स्याङ्जामा विहान :०० बजे  गोष्ठीको प्रमुख अतिथि जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले कार्यक्रमको ब्यानर पढी हस्ताक्षर गरेर गोष्ठिको औपचारिक शुभारम्भ गर्नुभयो ।कार्यक्रमको परियोजना कार्यान्वयन कास्कीका प्रमुख श्री रोशन अधिकारी स्वागत मन्तव्य परियोजना कार्यान्वयन एकाइ स्याङ्जाका प्रमुख श्री माधव प्रसाद लम्सालले राख्नुभएको थियो भने कार्यक्रम संचालन परियोजना कार्यान्वयन एकाइ कास्कीका सामाजिक विकास विज्ञ गोविन्द श्रेष्ठले गर्नुभएको थियो ।कार्यक्रम उदघाटन पश्चात प्रस्तुतीकरण तथा छलफल शुभारम्भ भएको थियो 

 

कार्यक्रम उदघाटन पश्चात प्रस्तुतीकरण तथा छलफल शुभारम्भ भयो  पहिलो प्रस्तुतीकरण  तेश्रो त्रैमासिक अवधिको प्रगति समिक्षा तथा आगामी आगामी ..२०८०/८१ को योजना तर्जुमा बारे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ,खुमलटारका वरिष्ठ योजना अधिकृत श्री महानन्द जोशीले समग्र प्रस्तुतीकरण राख्नु भयो ।प्रस्तुतीकरण मा समग्र परियोजनाको नौ महिनाको प्रगतीको विवरण ,उल्लेखनीय पक्ष ,रोजगारी को सिर्जना लगायत आगामी ..मा समाबेश प्रस्तावित कार्यक्रमहरू विषयहरू प्रस्तुत गर्नुभयो ।त्यसपछि समग्र गण्डकी प्रदेश परियोजना कार्यान्वयन एकाइ कास्कीको तर्फबाट वरिष्ठ कृषि अधिकृत श्री रोशन अधिकारीले प्रस्तुतीकरण प्रस्तुत गर्नुभयो समग्र बितीय प्रगती ३२. प्रतिशत देखिन्छ भने भारित प्रगती ६१.८७ रहेको ।त्यसपछि कृषि विकास निर्देशनालयको तर्फबाट गण्डकी प्रदेश अन्तर्गत का ब्लक कार्यक्रमको निर्देशक श्री बाशुदेव रेग्मी ले गर्नुभयो ।तत् पश्चात क्रमश परियोजना कार्यान्वयन एकाइ नवलपुर बाट वरिस्ठ कृषि अधिकृत श्री विष्णुप्रसाद शर्मा, परियोजना कार्यान्वयन एकाइ मुस्तांग बाट वरिस्ठ पशु बिकास अधिकृत डा. सुधिर थापा , परियोजना कार्यान्वयन एकाइ गोरखाबाट कृषि अधिकृत श्री रबिन्द्र पौडेल , परियोजना कार्यान्वयन एकाइ लमजुङ्ग बाट वरिष्ठ कृषि अधिकृत श्री अजय अधिकारी ,पुतलीबजार नगरपालिकाको पकेट कार्यक्रमको प्रगती विवरण प्राविधिक सहायक श्री सुबाश ढकाल अन्त्यमा परियोजना कार्यान्वयन एकाइ बाग्लुंगबाट कृषि अधिकृत श्री सुजित पौडेलले प्रस्तुतीकरण राख्नुभयो ।प्रस्तुतीकरण मा प्राय परियोजनाका कार्यक्रमहरूको समग्र प्रगती हाल रहेपनि भुक्तानी कार्य प्रक्रियामा रहेकाले बितीय प्रगती कम देखिएको पाइयो

प्रस्तुतीकरण पश्चात प्रस्तुतीकरणमा उठेका सवालहरूमा सहभागीहरू बीच ब्यापक छलफल भइ सम्बन्धित अधिकारीहरूले जवाफ दिईसकेपछी कार्यक्रम मन्तव्य तर्फ अगाडी बढ्यो

प्रस्तुतीकरण छलफल पश्चात कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ,खुमलटारका वरिष्ठ योजना अधिकृत श्री महानन्द जोशीले व्यवस्थापन एकाइको तर्फबाट परियोजना कार्यान्वयन एकाइहरुले गर्नुपर्ने कार्यहरू बारे निर्देशन सहितको मन्तव्य राख्नुभयो  ।त्यसपछि कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी ले मन्तव्य राख्दै परियोजनाले नेपालको कृषि उत्पादनमा महत्वपूर्ण योगदान गरेको ,आगामी दिनमा परियोजनाका गतिविधिहरू कृषिको आधुनिकीकरण औद्योगिकीकरण तर्फ अझ बिस्तृत ढंगले अगाडी बढ्नुपर्ने स्थानीय सरकार संग अझ समन्वय गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।तत् पश्चात कार्यक्रमका अध्यक्ष परियोजना कार्यान्वयन एकाइ कास्कीका  वरिष्ठ कृषि अधिकृत श्री रोशन अधिकारीले सहभागीहरूलाई धन्यवाद सहित कार्यक्रम समापन गर्नुभयो

उन्नत तरकारी खेती तालिम

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ ,कास्कीको आ.व.२०७९/०८० को स्वीकृत कार्यक्रम अन्तरगत उन्नत तरकारी खेती तालिम २०७९ माघ ०३ गते देखि माघ ५ गतेसम्म कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेश पोखरा डुम्रीबोट मा सम्पन्न भएको छ कार्यक्रममा कास्की जिल्लाका विभिन्न पालिकाको प्रतिनिधित्व गर्दै २६ जना व्यवसायीक किसानहरूको नियमित सहभागीता रहेको थियो तालिममा बिभिन्न विषयका विज्ञहरूले तरकारी खेती प्रविधि, रोग किरा व्यवस्थापन, यान्त्रिकरण प्रयोग जानाकारी, कृषिको व्यवसायीकरण, कृषि बिमा तथा ऋण लगायत विषयमा तालिम प्रदान गर्नुभएको थियो |